लाप्राक बासीको घर सपनाः यसरी हुँदैछ साकार

  २०७३ पुष २८ गते १७:२८     विकासन्युज

काठमाडौं, २८ पुस । २०७२ बैशाख १२ को भूकम्पले घरबार बिहिन बनेका गोरखाको लाप्राकका भूकम्प पीडितहरुको घर सपना साकार हुने बाटोमा अघि बढेको छ । गैर आवासिय नेपाली संघ(एनआरएन)ले लाप्राक बासीको घर सपना साकार पार्ने अभियानलाई तिब्रता दिएको हो । संघले आगामी २ बर्षभित्रै नमुना बस्ती निर्माण सम्पन्न गर्ने योजनासहित निर्माण कार्यलाई अघि बढाएको छ ।

laprak1

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र एनआरएनले गत बैशाख १२ गते लाप्राकलाई नमुना बस्ती बनाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । र यहि मंसिरमा नेपाल सरकारले गुप्सी पाखामा घर बनाउने अनुमति दिएपछि एनआरएनले काम अघि बढाइरहेको छ ।

एनआरएनले लाप्राककै गुप्सी पाखामा ५७३ वटा भूकम्प प्रतिरोधी घर बनाउँदैछ । सो नमुना बस्तीमा ढल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, खेल मैदान, खुल्ला चौर, मनोरञ्जनस्थल लगायतका पुर्वाधार पनि निर्माण हुनेछन् ।

हाल भूकम्प पीडितको घर सपना पुरा गराउने अभियानका लागि गुप्सी पाखामा परियोजना कार्यालय निर्माण भैसकेको छ । एनआरएनले संसारभरका एनआरएनहरुलाई स्वंयम सेवाका लागि आव्हान पनि गरिसकेको छ । स्वंय सेवक बस्नका लागि आवश्यक संरचनाको निर्माण भैसकेको एनआरएनकी प्रवक्ता रञ्जु थापाले बताइन् । सन २०१७ फेबुअरी देखी अक्टोवरसम्म संसारभर छरिएर रहेका गैर आवासिय नेपालीलाई स्वंय सेवकका रुपमा परिचालन गराउने योजना बनेको अध्यक्ष शेष घले बताउँछन् ।

laprak2

एनआरएनले सो अवधीमा नेपाल भ्रमणमा निस्कन पनि आव्हान गरेको छ । परियोजना कार्यालय स्थापनाका लागि अध्यक्ष घले स्वयं दुई पटक लाप्राक पुगिसकेका छन् । उनले २३ डिसेम्बर देखी ३१ डिसेम्बर र ६ जनवरी २०१७ देखी ९ सम्म लाप्राकमै बिताएका थिए ।

हाल गुप्सी पाखामा निर्माण कार्यलाई चाहिने आवासगृह, पानी ट्यांकी, चीनबाट ल्याईएको ईटा छाप्ने मेशिन, डोजर, सोलार र अन्य परियोजनालाई चाहिने आवश्यक सामग्रीहरु काठमाडौंबाट ढुवानी भई पुगिसकेको छ ।

यसैगरी स्वंयम सेवकहरुको खाना तथा बस्ने व्यवस्थाको लागि आवासगृह र किचेनको लागि चाहिने सामग्रीहरुको प्रबन्ध मिलाउने कार्य जारी छ । भूकम्प पीडितका लागि भवन बनाउने ठाउँको माटोे सम्याउने काम धमाधम भईरहेको छ । सरकारले सो स्थानका लागि विद्युत उपलब्ध गराइसकेको छ ।

संघका अध्यक्ष शेष घलेसँगै एनआरएनहरु सोनाम लामा, जमुना गुरुङ, एसि शेर्पा, सल्लाहकार टिबी कार्की, श्याम तामाङ लगायत लाप्राक पुगेका थिए । उनीहरुले आगामी २ बर्षभित्रै लाप्राक बासीलाई भूकम्प प्रतिरोधी भवनको सहितको नुमना बस्ती उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.