सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

  २०७३ पुष २८ गते १२:४४     विकासन्युज

काठमाडौं, २८ पुस । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा कायम चुक्ता पूँजीको ३० प्रतिशत (१ः०.३० को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको निष्कासन गर्न लागेको हो ।

sunrise_prabhu_capital

बैंकले उक्त सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहिबार सम्पन्न सो नियुक्ति सम्बन्धी सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकरप्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।

साथै, बैंकको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.