कुलमान घिसिङले पाए उत्कृष्ट व्यवस्थापक अवार्ड, चेम्बर दिवसमा दर्जन व्यवसायी सम्मानित

  २०७३ पुष २७ गते १९:५४     विकासन्युज

kulman_sing_ghisigकाठमाडौं, २७ पुस । नेपाल चेम्वर अफकमर्सले ६६औं वार्षिक साधारण सभा गर्नुको साथै चेम्वर दिवस २०७३ मनाएको छ । नेपाल चेम्वर अफ कमर्सले बेष्ट मेनेजमेन्ट अवार्ड नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सम्मान गरेका हुन् ।

चेम्वर दिवस २०७३ का अवसरमा चेम्बरले घिसिङसहित मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनु हुने विभिन्न कम्पनीलाई सम्मान गरेको छ । चेम्वरले तेसो मुलुकतर्फ निर्यात गर्ने कार्गाे तर्फ मुक्तिनाथ दिकार्गाे, राईजिङ स्टार कार्गाे, ग्लोबल सिपिङ लजिष्टिक, कार्पेट तर्फ हिमालय कार्पेट, काजु आर्टस रग, डेजे कार्पेट प्रा.लि., पारामाउण्ट कार्पेट इण्डष्ट्रिज प्रा.लि., दि सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राप्mट इण्डष्ट्रिज, गार्मेण्ट तर्फ युनाईटेड कलर्स फेशनप्रा.लि., नेपाल फेशनप्रा.लि. ह्याण्डिक्राफ्ट तर्फ अष्टमंगल हस्तकला उद्योग, फेल्ट तर्फ एभरेष्ट फेशन, इण्डिया तर्फ किरण शुजम्यानुफेक्चरर्स, चाईनातर्फ न्यु इशा इन्टरप्राईजेजलाई सम्मान गरेको छ । यस्तै, चेम्वर एक्सिलेन्स अवार्ड २०१६ नेपाल निर्यात परिषदलाई प्रदान गरिएको छ ।

यसै गरी पूर्व स्वर्गीय अध्यक्षहरुको स्मृतिमा उनीहरुको परिवारकातर्फबाट चेम्वरले ईश्वरलाल टाईम अचिभमेन्ट अवार्ड उद्योगपति व्यवसायी तथा समाजसेवी लक्ष्मीदास मानन्धरलाई, ईश्वरभक्त मेमोरियल अवार्ड व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउनु भएका चन्द्रगिरी हिल्स लिमिटेडका संचालक चन्द्रप्रसाद ढकाललाई, र बनवारी लालममोरियल अवार्ड सूचना तथा प्रविधिको माध्यमद्वारा मुलुकको आर्थिक विकासमा टेवा पुर्यारउनने इन्फो डेभलपर्स प्रा.लि.लाई प्रदान गरिएको थियो ।

बुधबार राजधानीमा आयोजित चेम्बर दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको ध्यान दलहरुबीच राजनैतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तिव्र आर्थिक विकास गर्ने तर्फ केन्द्रित रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहाले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) हालै पारित भएको, सरकारले आर्थिक विधेयकलाई जोड दिएको र आर्थिक विषयसंग सम्बन्धित ऐनहरु छिटै पारित भई निजी क्षेत्रको प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

सरकारले विद्युतभार कटौती गरी आम सर्वसाधारण र उद्योगी व्यवासायीको मनोबच उच्च बनाउन सफल भएको बताउंदै जलाशयुक्त र अर्ध जलाशययुक्त विद्युत उत्पादनमा सरकारको ध्यान केन्द्रित भएको बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारको आर्थिक विकासको लक्ष्य प्राप्तिमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष श्रेष्ठले विशेष आर्थिक क्षेत्र ऐन, बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) जस्ता आर्थिक क्षेत्रसंग सम्बन्धित ऐन पारित भएकोमा खुशी व्यक्त गर्दै संसदमा विचाराधिन आर्थिक क्षेत्रसंग समबन्धित बाँकी ऐनहरुलाई यथाशिघ्र पारित गरी निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरे । साथै उनले निर्यात प्रवद्र्धनको लागिठोस कार्यक्रम ल्याउन अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.