लिबर्टी इनर्जीको सातौँ साधारणसभा सम्पन्न, सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित

  २०७३ पुष २७ गते १७:२५     विकासन्युज

काठमाडौं, २७ पुस । लिबर्टी इनर्जी कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् ।

liberty_energy

कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडी बढाईरहेको छ । जसमध्ये लमजुङ जिल्लामा रहेको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना २५ मे.वा. क्षमता जसको निर्माण कार्य करिब ३० प्रतिशत सम्पन्न भईसकेको छ ।

कम्पनीले २०७५ आषाढ सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै बाग्लुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोलामा २१ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.