सगरमाथा इन्स्योरेन्सको २३ प्रतिशत लाभांश पारित, २२ प्रतिशत बोनस र एक प्रतिशत नगद

  २०७३ पुष २७ गते १६:२५     विकासन्युज

काठमाडौं, २७ पुस । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/२०७३ को मुनाफाबाट २३ दशमलब १५७ प्रतिशत लाभांश दिने भएको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब १५७ प्रतिशत नगद गरी सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई पारित गरेको छ ।

sagarmatha_ins_20thagm

कम्पनीले अघिल्लो वर्षको तुलनामा ८ दशमलब ८६ प्रतिशतले व्यावसाय वृद्धि गरि एक अर्ब ११ करोड रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । साथै सोही अवधिमा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा १७५ दशमलब ४८ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७३/२०७४ को पुस सम्म कम्पनीले ६४करोड रुपैयाँ बीमा प्रिमियम संकलन भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीले प्रधान कार्यालय बाहेक ३३ वटा शाखा/उपशाखा कार्यालयहरुबाट वीमा सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७३/२०७४को असार मसान्त सम्ममा थप सेवा विस्तार गरी ४२ शाखा पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.