परिसूचक सामान्य अंकले ओरालो लाग्दा ३६ करोडको कारोबार, बीमा ५० अंकले तल झर्यो

  २०७३ पुष २७ गते १५:४६     विकासन्युज

nepseकाठमाडौं, २७ पुस । बुधबारको सेयर बजारमा परिसूचक सामान्य अंकले आरालो लागेको छ । परिसूचक सामान्य अंकले ओरालो लागेर १४७६ दशमलब ५१ अंकमा झरेको छ । सो दिन ३६ करोड २५ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार १२० कम्पनीको ४५ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नबील ब्यालेन्स फण्ड १ को ४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नबील ब्यालेन्स फण्ड १ को सेयर मूल्य प्रतिकित्ता साढे १९ रुपैयाँ रहेको छ ।

सो दिन दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सहयोगी विकास बैंक र कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८८ र ९.७९ प्रतिशत कमाएका छन् ।

बुधबार फाइनान्स, होटल, अन्य र बैंकिङ् समूह बाहेक अन्य समूहका परिसूचक ओरालो लागेका छन् । फाइनान्स, होटल, अन्य र बैंकिङ् समूहको परिसूचक क्रमशः ११, ७, २ र २ अंकले उकालो लागेका हुन् । बीमा, जलविद्य्युत र विकास बैंक समूहको परिसूचक क्रमशः ५०, १२ र ९ अंकले ओरालो लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.