नेप्सेको २४औं वार्षिकोत्सव अन्तर्गत नदी सरसफाई कार्यक्रम सम्पन्न

२०७३ पुष २७ गते १४:४६ विकासन्युज

nepse_programकाठमाडौं, २७ पुस । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो २४औं वार्षिकोत्सव कार्यक्रम साप्ताहिक रुपमा सञ्चालन गर्ने उद्देश्य अनुरुप बुधबार नदी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नेप्से कर्मचारीहरुको सहभागिता कार्यालय परिसर अगाडि ईच्छुमती नदी (टुकुचा) को दुवै किनारा र वरपर सरसफाई गरिएको हो । नदीको झण्डै एक सय मिटर सरसफाईमा एक्साभेटर पनि प्रयोग गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा नेप्सेले गत शनिबार कर्पोरेट बुल्स रेस आयोजना गरेको थियो भने आगामी शुक्रबार २९ गते रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रममा पुँजी बजारका सरोकारवाला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने अपेक्षा नेप्सेले गरेको छ ।