एनआईसी एशिया बैंक र रेडक्रस सोसाइटीबीच रक्तदान अभियान संचालन गर्ने सम्झौता

  २०७३ पुष २७ गते १४:०७     विकासन्युज

nicasia_red_cross_society_काठमाडौं, २७ पुस । एनआईसी एशिया बैंक र नेपाल रेडक्रस सोसाइटी बिच रक्तदान अभियान संचालन गर्ने सम्बन्धि सम्झौतामा भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ । सो सम्झौतामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वाले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशियाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जस्तो अत्यन्त आवश्यक र जरुरी जनस्वाथ्य संग सम्बन्धित विषयलाई लिएर देशव्यापी रुपमा रक्तदान शिविर संचालन गर्ने अभियानको आर्थिक व्ययभार व्यहोर्ने छ । साथै, नेपाल रेडक्रस सोसाइटीले देश भरी रहेका आफ्ना शाखा प्रशाखाको प्राविधिक सहयोगमा रक्त संकलन, भण्डारण र वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।

एनआईसी एशिया र नेपाल रेडक्रस सोसाइटीको यो सहकार्यको प्राथमिक लक्ष्यमा देशभर १०० भन्दा बढी रक्तदान कार्यक्रम संचालन गर्ने योजना छ । रक्तदान बारे जनचेतना जगाउनु र “रक्तदान ( जीवनदान” हो भन्ने जागरण साथ धेरै भन्दा धेरै संभावित दाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी गराएर कुनै पनि नागरिकको रगतको अभावले अकालमा मृत्यु हुन नदिन रगतको अभावलाई अन्त्य गर्नु यस्को दोस्रो लक्ष्य रहेको आयोजकले जनाएका छन् ।

साथै, रक्तदान जस्तो जनस्वाथ्यसंग सरोकार रहेको विषय आधार भूत विषय भएर पनि अझ व्यवस्थित र स्तरीय गर्नु पर्ने महशुस भएकोले रक्तदान शिविरहरुलाई अझ व्यवस्थित, स्तरीय र संस्थागत गर्ने अर्को दुरगामी लक्ष्य समेत यस सम्झौतामा समेटिएको छ । यो सहकार्य समाजका लागि एक अनुपम उदाहरण हुने र दुवै संस्थाले समाजमा अझ बढी योगदान पु¥याउन सक्ने विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.