चन्द्रागिरिमा पृथ्वीनारायणको २९५ औं जन्म जयन्तीको अवसरमा मूर्तिचित्र अनावरण

  २०७३ पुष २७ गते १३:२७     विकासन्युज

काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशन स्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्ति चित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले बुधबार अनावरण गरेका हुन् ।

chandragiri_prithivinarayan

चन्द्रागिरि पर्वतपृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो । पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा पृथ्वीनारायणको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्ति चित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकालको सभापतित्वमा सम्पन्न मूर्तिचित्र अनावरण कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका संचालकहरू एवम् कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.