पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोबिन्दराज पोखरेल नियुक्त

  २०७३ पुष २७ गते १३:१२     विकासन्युज

sushil_gyawali_1काठमाडौं, २७ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवाली बर्खास्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

सोही मन्त्रि परिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्राधिकरणका पूर्व सिइओ डा. गोबिन्दराज पोखरेललाई नयाँ सिइओ नियुक्त गरेको छ । केपी ओली नेतृत्वको एमाले सरकारले सिइओ नियुक्त गरेका ज्ञवालीलाई हटाएर सरकारले काँग्रेस नेता समेत रहेका पोखरेललाई नियुक्त गरेको हो ।

सरकारी ज्ञवालीसँग २ पटक स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाएर नयाँ सिइओ नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.