एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

  २०७३ पुष २७ गते १२:५४     विकासन्युज

काठमाडौं, २७ पुस । काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको छ ।

ncell_pay_more_tax

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । उक्त समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिका कार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिय योगदान गरे बापत”एनसेललाई सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ । महानगरपालिका कार्यलयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले ४ करोड १७ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.