आश्वा प्रणालीमा सहभागी हुन २७ वटा बैंक तथा वित्तीय संस्थालाई बोर्डको अनुमति

  २०७३ पुष २६ गते १७:२३     विकासन्युज

काठमाडौं, २६ पुस । आश्वा प्रणालीमा सहभागी हुनका लागि नेपाल धितोपत्र बोर्डबाट २७ वटा बैंक तथा वित्तीय संस्थाले अनुमति प्राप्त गरेका छन् । आगामी माघदेखि लागू हुने एप्लिकेसन सपोर्टेड वाई बल्केड अमाउन्ट (आस्वा) का निम्ति मापदण्ड पुगेका १८ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंकलाई अनुमति दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

साथै, उक्त प्रणालीमा समावेश हुन थप केही बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको र अन्य निवेदन आउने क्रममा रहेको बोर्डले जनाएको छ । बोर्डमा प्राप्त हुने निवेदनहरुको अध्ययन गरी योग्यता पुगेका बैंक तथावित्तीय संस्थाहरुलाई निरन्तर रुपमा अनुमति प्रदान गर्दै जाने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल उक्त प्रणालीमा सहभागी भई सेवा प्रदान गर्न बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको नामावली निम्न रहेको छ ।

          ‘क’वर्गका वाणिज्य बैंक र सेवा दिने शाखाहरु:                                     ‘ख’ वर्गका विकास बैंक र सेवा दिने शाखाहरु:
list_of_bank_asba
list_of_bank_asba1

 

उल्लेखित संस्थाहरुले आश्वा प्रणालीमा सहभागी हुन अनुमति प्राप्त गरेवापत सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने बोर्डको योजनामा सहजता हुने तथा सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी झन्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्ता मैत्री हुने बोर्डको अपेक्षा रहेको छ ।

यस प्रणालीको सफल कार्यान्वयन सँगै अन्य वित्तीय संस्थाहरुलाई समेत समावेश गराई अगाडि बढाउँदै यस प्रणालीलाई क्रमशःअनिवार्य गरिने बोर्डको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.