फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आइपिओ माघ ९ गतेदेखि खुला

  २०७३ पुष २६ गते १३:०४     विकासन्युज

foeward_-microकाठमाडौं, २६ पुस । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । संस्थाले माघ ९ गतेदेखि सो मात्राको सेयरको बिक्री खुला गर्ने भएको छ ।

माइक्रोफाइनान्सले निष्कासन गर्न लागेको सेयरको अंकित मूल्य सय रुपैयाँ रहेको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । संस्थाले ५ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई, ३० हजार कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता म्युचुअल फण्डलाई छुट्टयाएको छ ।

सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधारणले  छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गतेसम्म आवेदन भर्न पाउने छन् । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् रहको छ ।

सुनसरीको दुहवीमा केन्द्रीय कार्यालय रहेको यो माइक्रोफाइनान्सले माइक्रोफाइन्साको सबै शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको नक्साल शाखा र एभरेष्ट बैंक लिमिटेडबाट सेयर आवेदन फाराम बुझाउन सकिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँको आइपिओ पश्चात संस्थाको पूँजी २० करोड रुपैयाँ नाध्ने छ । आइपिओ निष्कासन पछि कम्पनीमा ७० प्रतिशत सेयर स्वामित्व संस्थापकको र ३० प्रतिशत साधारण सेयरधनीको हुने छ ।

कम्पनीले गत बर्ष १७ करोड ७७ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ईक्रा नेपाल लिमिटेडले यस माइक्रोफाइनान्सलाई आइपिओ ग्रेड ४ प्लशको प्रमाण पत्र दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.