डाबर नेपालद्वारा अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सहयोग

  २०७३ पुष २५ गते १८:२०     विकासन्युज

काठमाडौं, २५ पुस । डाबर च्यवनप्राशले अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सहयोग गरेको छ । कम्पनीले जाडो मौसमलाई लक्षित गरी काठमाडौँका ३१ वटा विद्यालयहरूमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको थियो । यस अभियानबाट डाबर च्यवनप्राशले शरिरको आन्तरिक शक्तिका बारेमा र स्वच्छ तथा सन्तुलित खानेकुरा, तातो पानी, सरसफाइमा ध्यान दिनुका साथै न्यानो लुगा लगाउनुपर्ने सन्देश विद्यालयहरूमा पुर्याएको छ ।

chewan_paras

डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतसँग सहकार्य गरी यी विद्यालयहरूबाट डाबर नेपालले लुगाहरू सङ्कलन पनि गरेको थियो । सङ्कलित लुगाहरूको सङ्ख्या बराबर नै डाबर नेपालले थप नयाँ न्यानो लुगाहरू पनि उपलब्ध गराएको छ ।

कम्पनीले सोमबार एक कार्यक्रमका बीच सो लत्ताकपडा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई उपलब्ध गराएको छ । डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले सो हस्तान्तरण गरेका छन् ।

गोर्खालीले भने, “डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट हामीले प्रयोग गर्न सकिने न्याना लुगाहरू सङ्कलन गर्यौँ । ती लुगाहरूमा हामीले सोही सङ्ख्या बराबरको नयाँ लुगा पनि थप गरेर पुष्पा बस्नेतज्यूलाई हस्तान्तरण गरेका छौँ । नेपालभरि विभिन्न झ्यालखानाहरूमा रहेका बालबालिकाका लागि यी न्याना लुगाहरू जाडो याममा उपयोगी हुनेछन् ।”

डाबर च्यवनप्राशले आफ्नो “स्कुल इम्युनो च्याम्प “कार्यक्रम र साथै स्प्रेड द वाम्र्थ अभियानलाई आगामी दिनहरूमा काठमाडौँ उपत्यका बाहिर पनि विस्तार गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.