नेप्से ११ अंकले बढ्दा २६ करोडको कारोबार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

  २०७३ पुष २५ गते १५:३४     विकासन्युज

काठमाडौं, २५ पुस । सोमबारको कारोबारमा सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक ११ दशमलब ५२ अंकले बढेर १४५८ दशमलब ९७ अंकमा पुगेको छ । बजारमा परिसूचक बढेता पनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । सो दिन जम्मा २६ करोडको कारोबार भएको छ । सोमबार ११७ कम्पनीको ४ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको छ ।

nepse_monday

बजारमा दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कर्नाली डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९६ र ९.९० प्रतिशत कमाएका छन् । त्यस्तै, भार्गव विकास बैंकका लागानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् ।

सो दिन सबैभन्दा बढी महालक्ष्मी विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.