नेपथ्यको कन्सर्टसँगै ‘पल्सर डेयर भेन्चर’को दोस्रो संस्करण समापन

  २०७३ पुष २५ गते १३:४१     विकासन्युज

काठमाडौं, २५ पुस । बजाजले नेपथ्यको कन्सर्टसहित बजाज पल्सर डेयर भेन्चरको दोस्रो संस्करण समापन गरेको छ । समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा, बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो ।
pulsur_dare_venture

यस पटक पाँच जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । पाँच जना राइडरहरुमा सपना गुरुङ, राम बिक्रम थापा, राम भण्डारी, बिक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए । सहभागीहरु मध्ये बिजेता राम बिक्रम थापाले १० लाखका साथमा पल्सर एनएस, उपविजेता बिक्रम केसीले ५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो बिजेता सुदिप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए ।

चर्चित ब्याण्ड नेपथ्यले विभिन्न उमेर समूहका लगभग १५ हजार दर्शहहरुको उपस्थितीमा स्टेज तताएको थियो । १० वटा एल्बमका साथमा यसका गायक अमृत गुरुङले एक्लै सन् १९९० को दशकमै चर्चित छेक्यो छेक्यो.. गीतदेखि जोमसोमै बजारमा लगायत, रेशम सहित सन् २०१५ को पछिल्लो एब्बम रामा रामा सम्मका गीत गाएका थिए ।

समापन समारोहको अवसर पारेर बजाजले पल्सरको ‘नाता विश्वासको’ नामक आफ्नो ब्राण्डको नीति झल्काउने नयाँ कर्पोरेट भिडियो पनि सार्वजनिक गरेको थियो । यसमा विभिन्न संस्कृति तथा भूभागका मानिसहरु सम्म पुगेर विभिन्न स्थानको संस्कृति झल्काउनुका साथै एड्रियन प्रधानले गाएको र जेम्स प्रधानले कम्पोस गरेको विशेष गीत ‘उकाली ओरालीहरुमा’ को भिडियो पनि समावेश गरिएको छ ।

पाँच मिनेटको भिडियोमा नेपालका विभिन्न भूभागहरुको झलक र बजाजले कसरी हरेकको जीवनलाई छोएको छ भन्ने कुरा समेत देखाइएको छ । गोल्छा अर्गनाइजेसन आबद्ध बहुराष्ट्रिय ब्राण्ड बजाजले आयोजना गरेको, पल्सर डेयर भेन्चर नेपालमा आयोजना भएको पहिलो रोमान्चक बाईक रियालिटी शो हो । डेयर भेन्चर निडर र साहसी १० जना बाइकरहरुकालागि आनन्द र अनुभव लिने अवसरको रुपमा  आएको कम्पनीले जनाएको छ ।

पल्सर डेयर भेन्चरका सहभागीहरुले विभिन्न चरणका तालिमहरु लिँदै र आफ्नो साहसिकता प्रस्तुत गर्दै आएका हुन् । समापन समारोहमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई सोलुखुम्बुको ताक्सिण्डुसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । नेपालको इतिहासमा नै पहिलो बाईक रियालिटी सो हामीले सफलतापूर्वक सम्पन्न गरेका थियौँ भने यो दोस्रोले पनि हजारौं दर्शकहरुको साथ र सहयोग प्राप्त गर्न सफल भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.