पूर्णिमा विकास बैंकको २६ प्रतिशत बोनस पारित, २५ प्रतिशत हकप्रद सेयर जारी गर्दै

  २०७३ पुष २४ गते १३:२१     विकासन्युज

purnima-200x79भैरहवा, २४ पुस । । पूणिर्मा विकास बैक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस दिने भएको छ । सो मात्राको प्रस्तावित बोनसलाई कम्पनीको नवौँ बाषिर्क साधारण सभाले पारित गरेको हो । सो मात्राको बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । बैंकले  पूँजी बृद्धि गर्न ४ चार बराबर एकको अनुपात (अर्थात २५ प्रतिशत) हकप्रद सेयर जारी गर्ने प्रक्रिया समेत अगाडी बढाएको छ ।

हकपप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ४४ करोड ५ लाख पुग्ने बैंकले बताएको  छ । चालु आर्थिक बर्ष ०७३/०७४ को मंसिर मसान्त सम्ममा बैंकले २ अर्ब ४६ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ५ करोड कर्जा लगानी बैंकले जनाएको छ ।

त्यस्तै बैंकको सञ्चालक समितीमा निधानचन्द्र श्रेष्ठ निर्वा्चित भएका छन् । सभाले सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुमा श्रेष्ठसहित, सुरज उप्रेती, हरिहर प्रसाद नेपाल तथा सर्बसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक राजेन्द्रप्रसाद श्रेष्ठलाई निर्वा्चित गरेको छ । त्यसमा संचालकहरुले अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.