हिमालयन बैंकको ३१ दशमलब ५७ प्रतिशत लाभांश पारित

  २०७३ पुष २२ गते १६:३०     विकासन्युज

himalayan_24_agmकाठमाडौं, २२ पुस । हिमालयन बैंक लिमिटेडको २४ औं बार्षिक साधारण सभाले ३१ दशमलब ५७ प्रतिशत लाभांश पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न बार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र एक दशमलब ५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने सञ्चालक समितिको निर्णय पारित गरेको हो ।

बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्नेछ । साथै बैंकले बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० हुने जानकारी पनि दिएको छ ।

बैंकले गत आर्थिक बर्षमा ८७ अर्व ३३ करोड निक्षेप संकलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८ दशमलब ७६ र २४ दशमलब ६७ प्रतिशतले बढी हो । बैंकले चालु आर्थिक बर्षमा ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप एटीएम तथा पस टर्मिनलहरु विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.