होटल स्नोल्यान्डले ल्यायो ‘पोखरा टुर प्याकेज’

  २०७३ पुष २२ गते १५:२४     विकासन्युज

hotel-snowland-tour-packageकाठमाडौं, २२ पुस । होटल स्नोल्यान्ड प्रालिले स्वदेशी पाहुनाका लागि विशेष पोखरा टुर प्याकेज घोषणा गरेको छ ।२ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नोल्यान्ड सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । शुलभ दरमा पोखरा भ्रमण प्याकेजको व्यवस्था मिलाएको उनले बताए ।

उक्त प्याकेजमा एयरपोर्ट वा बस स्टेसनबाट होटलसम्म लैजाने, स्नोल्यान्डमा २ रात सुविधा सम्पन्न कोठामा राख्ने र विहानको नास्ताको सुविधा छ । प्याकेजको पहिलो दिन सराङकोट, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, सेती खोँच, गोर्खा स्मारक, पूरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, विश्व शान्ति स्तुप, डेभिज फल, गुप्तेश्वर गुफा घुमाइने सञ्चालक थापाले बताए ।

पाहुनाले साँझपख फेवातालको वरपर डुलेर आनन्द लिन सक्छन् । विभिन्न स्थानमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रुपाको यात्रा भने प्याकेजमा समावेश छैन ।
नयाँ बर्षको अवसरमा ल्याइएको प्याकेजमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, क्यानोनिङ, जिप फ्लायरको लागि होटल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ ।

२०२९ सालमा स्थापना भएको होटल स्नोल्यान्ड पोखराकै जेठो पुस्ताको होटल हो । २ तारे होटलमा हाल ४२ कोठा छन् । होटलमा पार्किङको राम्रो सुविधा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.