धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार, सामान खरिदमा ३० देखि ४० प्रतिशत छुट

  २०७३ पुष २१ गते १८:२५     विकासन्युज

fashion_sasto_bazaarकाठमाडौं, २१ पुस । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ । बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिएका छन् ।

सञ्चालकका अनुसार बजारमा ३६ वटा व्यवस्थित पसल रहेका छन् । बजारको क्षेत्रफल २ रोपनी भएकाले यहाँ आउने ग्राहकलाई पार्किङको कुनैपनि समस्या हुनेछैन । बजारमा १०० वटा मोटरसाइकल र १० वटा गाडी पार्किङ गर्न सकिन्छ । यो बजार बिहान १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ ।

नेपाली फेसनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्ले यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई १६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइने छ । त्यसैगरी, जाडो समयका लागि १००० रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेटहहरु उपलब्ध गराइएको छ । त्यस्तै, हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधाहरु पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइन्छ । ४/५ हजार रुपैयाँमै गुणस्तरीय साडी यो बजारमा उपलब्ध छन् ।

त्यसैगरी, सस्तो बजारमा आउने उपभोक्ताले २५ सय रुपैयाँ व्यालेञ्स भएको सिमकार्ड उपहारस्वरुप प्राप्त गर्न सक्नेछन् । देशभर यस्तै २५ वटा सस्तो बजार खोल्ने तयारी भइरहेको बजारका अर्का सञ्चालक भेषराज पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.