सुबिसु इन्टरनेट १७ औँ वर्षमा प्रवेश, संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल

  २०७३ पुष २१ गते १६:२४     विकासन्युज

subisu_16_yrsकाठमाडौं, २१ पुस । नेपालको एक अग्रणी इन्टरनेट सुबिसु केवलनेट बिहीबारबाट १६औं बर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा शुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ ।

१६ बर्षको अन्तरालमा कम्पनीले आफ्ना ग्राहकहरुलाई थप नविन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु दिँदै आएको छ । ग्राहकहरुलाई डिजिटल टिभी सेवा, इन्टरनेट टिभी ओटिटि सेवा र ब्रोड व्याण्ड सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भन्छन् “सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसँग रहोस भन्ने चाहान्छौँ । १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.