११ घटना जसले विश्व हल्लाए, वर्ष २०१६ का विश्व हल्लाउने ११ घटना

  २०७३ पुष १६ गते ८:१२     विकासन्युज

काठमाडौं १६, पुस । सन् २०१६ विश्वमा एक घटनाप्रधान वर्षका रूपमा चित्रित रह्यो। विश्व राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए। यसै वर्ष अमेरिकाले नयाँ राष्ट्रपति चुन्नेदेखि १७ वर्षसम्म विश्व फुटबल महासंघ (फिफा) मा एकछत्र राज गरेका सेप ब्लाटरलाई विस्थापित गर्दैजियानी इन्फान्टिनो चुनिए भने ब्राजिल र दक्षिण कोरियाका महिला राष्ट्रपति माथि महाअभियोग यसै वर्ष लाग्यो।donald-trump

सन् २०१६ मै अमेरिका र क्युबाबीच पाँच दशकभन्दा अघि टुटेको कूटनीतिक सम्बन्ध सकारात्मक दिशामा अघि मात्रै बढेन लामो समयदेखि अमेरिकाले लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाएर क्युबाली झण्डा फहराइयो। उत्तर कोरियाको परमाणु कार्यक्रम, भारत–पाक द्वन्द्व, अमेरिका र जापानका शीर्ष नेताले दोस्रो विश्वयुद्धका क्रममा एकअर्काले आक्रमण गरेका स्थानमा जनाएको उपस्थिति, बेलायतको ब्रेक्जिट, फार्क विद्रोहीसँग कोलम्बिया सरकारले गरेको शान्ति वार्ता, क्युबाली समाजवादी नेता फिडेल क्यास्ट्रोको निधनलगायत विषय चर्चामा रहे।

फर्केर हेर्दा २०१६
उत्तर कोरियाली वर्कर्स पार्टीको ३६ वर्षपछि भएको महाधिवेशन पनि महत्वपूर्ण परिघटना हो। सन् २०१६ मै विश्वले ठूला दुर्घटना र सिरियाको हिंसाजस्ता घटनाको सामना गर्नुप¥यो। गत २५ डिसेम्बरमा ९२ जना सवार रसियाली विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भयो। नोभेम्बर २९ मा ब्राजिलको चापेकोएन्स फुटबल टिमका खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त हुँदा ५ जनाबाहेक सबैको ज्यान गयो।

मे १९ मा पेरिसबाट कायरो जाँदै गरेको विमान दुर्घटना हुँदा ६६ जना र मार्चमा फ्लाई दुबईको विमान रुसको रोस्तोफ–अन–डोनमा अवतरणका क्रममा दुर्घटना हुँदा ६२ जनाले ज्यान गुमाए। रुसी विमान दुर्घटनामा सन् १९२८ मा सोभियत संघका समयमा स्थापना भएको सैनिक ब्यान्डका ६४ जना कलाकार समेत मारिएका थिए।

१. दुई अप्रत्याशित मतपरिणाम
क) बेलायतको ब्रेक्जिट
ख) अमेरिकी राष्ट्रपतिको निर्वाचन
२. दुई महिला राष्ट्रपतिमाथि महाअभियोग
क) रुसेफमाथिको महाअभियोग
ख) पार्क गेउन हेईविरुद्ध महाअभियोग
३ भारत–पाक तनाव
४ जापान–अमेरिका सम्बन्ध
५ टर्कीको असफल सैनिक ‘कु’
६ उत्तर कोरियाको परमाणु कार्यक्रम
७ फार्कसँगको शान्ति सम्झौता
८ रोड्रिगोको उदय र चीनसँगको सम्बन्ध
९ फिडेल क्यास्ट्रोको निधन

वर्ष २०१६ विभिन्न परिघटनाका कारण चर्चित मात्रै बनेन, यसले २०१७ का लागि केही परिघटनाहरूको सिर्जनासमेत गरेको छ। बेलायतको ब्रेक्जिटदेखि दक्षिण कोरियाली राष्ट्रपतिको महाअभियोगसमेत २०१७ मा पुगेर निर्णायक मोडमा पुग्नेछन्। यस्तै, अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामले अमेरिका र रुसबीचको सम्बन्ध तिक्ततापूर्ण बनाइदिएको छ भने चीनसँगको सम्बन्ध पनि चिसिएको छ। वर्षको अन्तिममा अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेपछि रुसले पनि ३५ जना अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ। विश्व शक्ति राष्ट्रबीच चुलिएको संघर्षले कस्तो रूप लिन्छ भन्ने हेर्न २०१७ लाई कुर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.