न्यूरोड मोबाइल महोत्सवमा तीन दिनमा १० करोड रुपैंयाभन्दा बढीको कारोबार

  २०७३ पुष १५ गते १९:४९     विकासन्युज

काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
newroad-mobile-mahotsab
मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ ।

पुस १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागिता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भीड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधि सहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।”

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् ।

महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.