मोटर र्याली सौराहा प्रस्थान, २४ वटा कारको सहभागिता

  २०७३ पुष १५ गते १५:४१     विकासन्युज

काठमाडौं, १५ पुस । काठमाडौंदेखि सौराहासम्म आयोजना गर्न लागिएको मोटर र्याली काठमाडौंबाट प्रस्थान गरेको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा उक्त मोटर र्याली आयोजना गरेका हुन् । र्यालीलाई नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्याल, लायन्स क्लबका पीडीजी एमजेएफ लायन डा. जयहरिराज पाण्डे र नासाका अध्यक्ष दशरथ रिसालले विदाई गरेका छन् ।

motor_rally

मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ भएको थियो । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त र्यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ । मोटर र्यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ ।

यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर र्याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका ९ वटा मोटर र्याली सम्पन्न गरिसकेका छन् । र्यालीमा २४ कारको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.