नेपाल एसबिआई बैंकको एफपिओ आजबाट खुला, पुस १३ गतेसम्म आवदेन दिन पाइने

  २०७३ पुष १० गते १४:०८     विकासन्युज

nepal_sbi_bankकाठमाडौं, १० पुस । नेपाल एसबिआई बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) आजबाट बिक्री खुला भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको ६७ हजार ७ सय ६७ कित्ता सेयरको बिक्री खुला गरेको हो ।

यस कम्पनीले सर्वसाधारणको लागि ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर निश्काशन गरेको छ । प्रिमियम मूल्य सहित बैंकको एफपीओको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर पुस १० गतेदेखि छिटोमा १३ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । काठमाडौंको केशरमहलमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

सो मात्राको एफपीओको लागि इच्छुक लगानीकर्ताले एनएमबी बैंकिङ् लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ् लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत तोकिएको मितिमा आवदेन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.