सुन्तला उत्पादनमा १० प्रतिशतले कमी, मूल्य प्रतिकिलो १८ रुपैयाँदेखि २५ रुपैयाँसम्म

  २०७३ पुष ८ गते १३:४१     विकासन्युज

suntalaबनेपा, ८ पुस । काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले घटेको अनुमान गरिएको छ । विभिन्न गाविसमा रहेका सुन्तलाको बोटमा क्रमशः पात, हाँगा, डाँठ सुक्ने समस्या देखिएपछि सुन्तला उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए ।

कृषकले बगैँचा व्यवस्थापनमा ध्यान नदिएकाले खाद्य तत्वको कमी र बगैँचामा काटछाँटको अभावले सुन्तलाको दानाको आकार पनि घटेको उनले बताए । जिल्लाको पनौती नगरपालिकास्थित, सुन्थान, खरिबोट, र्याले, बालुवापाटीलगायतका गाविसमा त्यस्तो समस्या देखिएको छ ।

र्याले गाविसका कृषक उपेन्द्र तिमल्सिनाले सुन्तला पाकेर बोटबाट आफैँ खस्ने समस्या देखिएको छ भने । उनले कतिपय स्थानमा कृषककै लापर्बाहीले समस्या आएको बताउँदै सुन्तलाको पकेट क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

सुन्तला उत्पादनमा समस्या देखिएपछि मूल्य पनि घटेकाले यसको मार आफूहरुले सहनु परेको उनले बताए। सुन्तलाको दानाको आकार पनि घटेकाले यसको मूल्य प्रतिकिलो १८ रुपैयाँ देखि २५ रुपैयाँसम्म पुगेकोे छ ।

सुन्तलाको पकेट क्षेत्रमा बर्सेनि जिल्ला कृषि विकास कार्यालयले बगैँचा व्वस्थापनलगायतका काममा ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म खर्च गर्दै आएको छ ।

कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ३०२ हेक्टर जमिनमा सुन्तालका लागि योग्य जमिन भए पनि गत वर्ष ८८६ हेक्टर जमिनमा १० हजार १५८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.