पेट्रोलियम पदार्थको मूल्य घट्दैनः आयल निगम

  २०७३ पुष ८ गते ११:३२     विकासन्युज

gopal_khadkaकाठमाडौं, ८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने घोषणा गरेको छ । निगमका कार्यकारी प्रमुख गोपाल खड्काले विकासन्युजसँग भने- समितिको निर्णय अनुसार मूल्य घटाउन सकिँदैन, हामीले वृद्धि गरेको मूल्य घटाउन तयार छैनौं ।’

बिहीबार बसेको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उप समिति बैठकले वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । समितिले अव्यवहारिक निर्देशन दिएको भन्दै त्यस्तो निर्देशन पालना नगर्ने निगमका कार्यकारी प्रमुख खड्काले भने ।

उता, वृद्धि गरिएको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिने उप समितिका सभापति सुभाषचन्द्र ठकुरीले संसदलाई अटेर गर्ने निगमलाई कारवाहीको दायरामा ल्याउन बताए ।‘निगमले हामीलाई टेरेन । निगम र मन्त्रालय संसदप्रति उत्तरदायी छैन भन्ने देखियो, अब हामीले अर्काे बैठक राखेर कारवाहीका लागि सिफारिस गर्ने निर्णय गर्नु पर्ने हुन्छ ।’ उप समितिका सभापति ठकुरीले विकासन्युजसँग भने ।

मुल समितिले पेट्रोलियम पदार्थको मुल्य निर्धारणका क्रममा पैसामा मुल्य नतोक्न दिएको निर्देशन समेत निगमले पालना नगरेको भन्दै ठकुरीले आक्रोश पोखे । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा ४ रुपैयाँ ५० पैसा मूल्य बढाएको थियो ।

मूल्य वृद्धि लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.