३१ गाविसका ३४ हजार मानिस उच्च खाद्य असुरक्षाको जोखिममा, कुन कुन गाविस जाेखिममा ?

  २०७३ पुष ७ गते १४:१५     विकासन्युज

food-storageकाठमाडौं, ७ पुस । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूको एक अध्ययनले भूकम्पले अतिप्रभावित ४ जिल्ल्लाका ३४ हजार मानिस उच्च खाद्य सुरक्षा जोखिमको अवस्थामा पुगेको देखाएको छ । सञ्जालले साउनदेखि कार्तिकसम्म गरेको अध्ययनले धादिङ ५, गोरखा ११, नुवाकोट ९ र सिन्धुपाल्चोक ६ गरी ३१ गाविस उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा पुगेको कृषि विकास मन्त्रालयले जानकारी दिएको हो ।

यी गाविसका ३४ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यस्तो अवस्था आउनुका प्रमुख कारण वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पको निरन्तर प्रभावलाई मानेका छन् । यसका साथै भूकम्प प्रभावित जिल्लाहरूमा जिल्ला खाद्य सुरक्षा संजालहरूले हिउँदे बालीको उत्पादनमा ह्रास आएको, सरसफाई र स्वास्थ्यको अवस्था नराम्रो रहेको, बाढी पहिरोको कारण सडक र बाटोहरू बन्द भएकोे समेत जानकारी दिएको छ ।

उक्त जिल्लाहरुमा खाद्य उपभोग अभावको अवस्था सामान्य भन्दा धेरै माथि छ । सञ्जालले १५ जिल्लाका धेरै गाविसहरू र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण गरे गरेको छ । त्यहाँका घरधुरीहरू परम्परागत निर्वाह पद्धति अपनाएर न्यूनतम खाद्य आवश्यकताहरू परिपूर्ति गर्न सक्ने अवस्थामा रहेका छन् । तर, केही अत्यावश्यक गैर खाद्य आवश्यकताका परिपूर्तिका लागि भने निर्वाह पद्धतिहरूबाट नहुने देखिएको छ ।

सञ्जालको प्रतिवेदनअनुसार बझाङका ७, बाजुरा/धादिङ ११, दोलखा १२, डोल्पा ७, गोरखा ९, हुम्लाका १८, कालिकोट ७, काभ्रेपलाञ्चोकको १०, मुगा १५, नुवाकोट २१, प्यूठान ३, रामेछाप १३, रसुवा २ र सिन्धुपाल्चोक १३ गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा रहेका छन् ।

सञ्जालले वाँकी तीन हजार एक सय १५ गाविस तथा नगरपालिकालाई न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा वर्गीकरण गरिएका छ । यो अवस्था मानिसहरुले जीविकोपार्जनका पद्धतिहरू (उपायहरू) परिवर्तन नगरिकन खाद्य र गैर खाद्य आवश्यकताहरू पूरा गर्न सक्दछन् । ती घरधुरीहरूले यस्तो अवस्थामा पुग्नुको प्रमुख कारण आफ्नो सामाजिक, प्राकृतिक तथा आर्थिक हैसियतका तथा प्रकोप, संकट, माहामारी र द्वन्द वा हिंसा रहेको छ । ती क्षेत्रहरूमा भर्खर गहुँ (चैत्र/बैशाख) र मकै (श्रावण/भाद्र) बालीहरूको उत्पादन भएका कारण पर्याप्त खाद्य वस्तुको संचिती रहेको देखिएको छ । कृषि र गैर कृषिजन्य कृयाकलापहरूबाट समेत प्राप्त आम्दानीले गर्दा घरधुरीको खाद्य उपलब्धता र पहुँचमा सहयोग पुर्याएको हुँदा प्राकृतिक तथा मानव सिर्जित विपत्तिले खाद्य उपयोग र स्थिरतामा पार्ने प्रभावलाई सीमित तुल्याएको छ ।

यस वर्ष धानको उत्पादन १५ प्रतिशतले बढ्ने भएपनि खाद्य संकट अझ बढ्ने देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले हालको अवस्था र भावी परिदृष्यलाई मध्यनजर गर्दै मंसिर देखि फाल्गुनसम्मको अवधिलाई खाद्य सुरक्षाको अवस्थाको प्रक्षेपण गरेका छ । यस वर्ष धान बाली लगाउने र हुर्कने बेलामा समयमै र प्रशस्त मात्रामा मनसुनी वर्षा भएकाले धानको उत्पादन राम्रो हुने अनुमान गरिएको हो । दोस्रो प्रारम्भिक पूर्वानुमान नतिजाका अनुसार धान बालीको उत्पादन गत वर्षको तुलनामा वृद्धि भई गत सालको उत्पादन ४२ लाख ९९ हजार मेट्रिक टनबाट बढेर यस यस वर्ष ४९ लाख ५२ हजार पुग्ने अनुमान सञ्वालले गरेको छ ।

समग्रमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले मंसिर देखि फाल्गुन सम्मको अवधिमा खाद्य सुरक्षाको अवस्था खस्कन गई गम्भिर खाद्य असुरक्षित अवस्था (चरण ४) मा समेत वर्गीकरण हुन सक्ने अनुमान गरेको छ । तथापि उच्चतम खाद्य असुरक्षित (चरण ३) र मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) मा वर्गिकृत हुने गाविसहरुको संख्या समेत बढेर क्रमशः ३१ बाट ४६ र १७५ बाट १७९ मा पुग्ने संभावना देखिएको छ ।

जिल्ला खाद्य सुरक्षा सञ्जालले ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङ ५, हुम्ला १८, र कालिकोट ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा वर्गीकरण पुग्न सक्ने अनुमान गरेको छ । यस अवधिमा वर्षे बालीबाट प्राप्त खाद्य सञ्चय रित्तिदै जाने र गहुँको उत्पादन फाल्गुन÷चैत्रमा मात्र भित्रिने हुनाले खाद्यान्न अभाव हुन सक्ने जनाएको हो ।

सञ्जालले १४ जिल्लाका १७९ (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुग १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा पुग्न सक्ने देखाएको छ ।

सञ्जालका अनुसार ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङका ५, हुम्ला १८, र कालिकोटका ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा पुग्ने छन् । १४ जिल्लाका १७९ गाविस (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुगु १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुनसक्ने सम्भावना देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.