विभिन्न सामाजिक काम गर्दै लक्ष्मी ग्रुपले ४३ औं वार्षिकोत्सव मनायो, निरन्तर सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिवद्धता

  २०७३ पुष ६ गते १३:११     विकासन्युज

काठमाडौं, ६ पुस । लक्ष्मी ग्रुपले विगत ४३ औ वार्षिकोत्सवको अवसरमा पुस ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि कर्पोरेट डे मनाएको छ । स्थापना भएको ४३ वर्ष पूरा गरेको उपलक्ष्यमा लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा पोखरास्थित कार्यलयमा ५० जना काठमाडौंमा स्थित कार्यलयमा १०० जना गरि कुल १५० जनाले रत्तदान गरेका छन् ।
laxmi-group_43-anniversary
वार्षिक उत्सवको अवसरमा लक्ष्मी गु्रपको भातृ संस्था लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिल पुस ३ गतेका दिन पोखरा जिल्ला प्रहरीलाई २५ थान ड्यास कम प्रदान गरेको थियो । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार रहिआएकोे छ । साथै चोभारस्थित जलविनायक मन्दिर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजीसीपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै विभिन्न खेलहरुको आयोजना गरेको थियो । एसजीपीसी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनका लागि योगदान कार्यमा संलग्न संस्था हो ।

साथै लक्ष्मी ग्रुपका अन्य भातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि. र जयमाँ इन्टरकिन्टनेन्टल प्रा.लि.कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । नक्सालस्थित बाल मन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो । फालिका, कपनस्थित बालबालिका विकास समाजका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो ।

साथै सुजल डेरीद्वारा हर्टविट संस्थाका बिधार्थीहरुलाई ५ ग्याल्लोन लभ बर्ड प्रिमियम आइसीक्रिम वितरण र विभिन्न मनोरञ्जनात्मक खेलको आयोजना गरेको थियो । विगत ४३ वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी गु्रपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.