निम्बसको नयाँ ब्राण्डको तेल बजारमा सार्वजनिक, मूल्य प्रतिलिटर २०० रुपैयाँ

  २०७३ पुष ४ गते १२:३४     विकासन्युज

काठमाडौं, ४ पुस । निम्बसले नयाँ ब्राण्ड ‘व्यञ्जन’को खाने तेल नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा उक्त व्यञ्जन ब्राण्डअन्तर्गत हाल सूर्यमुखी र तोरीको तेल उपलब्ध छन् । हाल बजारमा व्यञ्जनको सूर्यमुखी र तोरीको १ र २ लिटरको बोटल तथा १र१ लिटरको पाउच उपलब्ध छन् । १ लिटर सूर्यमुखी तेलको मूल्य १ सय ९० रुपैयाँ कायम गरिएको छ भने १ लिटर तोरीको तेलको मूल्य २ सय रुपैयाँ कायम गरिएको छ ।

nimbus_brand_oil

अन्तराष्ट्रिय गुणस्तर निर्धारण गरी कम्पनीले उत्पादन गरेको तेल गुणस्तरीयताको आधारमा अन्तराष्ट्रिय उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनाएको छ । कम्पनीले बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटहरु भन्दा भिन्न छ । बजारमा उपलब्ध अधिकांश प्याकेटमा एक लेयरको पोली फिल्मस् प्रयोग गरिरहेको छ भने व्यञ्जनमा ल्यामिनेटेड प्याकको प्रयोग गरिएको छ, जसमा पोलीको साथै अपर नाइलोन लेयर पनि प्रयोग गरिएको छ, जसको कारणले अक्सिडेसन हुने सम्भावना अत्यन्त कम हुन्छ ।

यसले तेललाई अक्सिडेसन हुनबाट बचाउँछ । साथै सूर्यमुखीको तेल स्वदेशी कम्पनी मध्ये पहिलो पटक पेट बोटलमा बजारमा ल्याएको छ । यसकारण आम उपभोक्ताले आफ्नै आँखाले यसको अवलोकन एवं उपभोग गरी शुद्धता र मौलिक स्वाद चाख्न पाउनेछन् । हाल नेपालमा उपलब्ध अन्य अन्तर्रा्ष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नको लागि निम्बसले प्रीमीयम स्तरको व्यञ्जन तेल बजारमा ल्याएको हो ।

हालको लागि कम्पनीले तराई भेग र मुख्य शहरहरु काठमाडौं पोखरा लगायतका क्षेत्रहरुमा बजार बिस्तार गरिरहेको छ । वीरगन्जमा करिव ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले हाल उक्त उद्योगमा १ सयको हाराहारीमा कर्मचारीहरु कार्यरत रहेका छन् । दैनिक १०० टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याएको हो । निम्बस कम्पनी सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । उक्त कम्पनीले विशेष गरेर पोल्ट्रीको क्षेत्रको लागि दाना उत्पादन गर्ने काम गर्दै आइरहेको छ ।

साथै बोरा, ड्रम, पोली बुभन फ्याब्रिक र केमिकलको साथै कम्पनीले दैनिक उपभोग्य वस्तुहरु आयात तथा बिक्री गरिरहेको छ । कम्पनीले चाँडै नै दाल, चामल र मस्यौरा ल्याउन लागेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.