प्रधानमन्त्रीद्धारा चन्द्रागिरि केवलकारको उद्घाटन, पर्यटन क्षेत्रको लागि नयाँ र आकर्षक गन्तव्य निर्माण

  २०७३ मंसिर ३० गते २०:३०     विकासन्युज

काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
prachanda
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले नेपाललाई धेरै उपहार दिएको भन्दै सोच र इच्छाशक्तिका साथ विज्ञान, प्रविधि र पूँजी प्रयोग गरी नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताए ।
कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्रीशंकर भण्डारीले विकास प्रति सकरात्मक चिन्तन हुनु पर्ने बताए । कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथावातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए ।

chandaragiri_opening

नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ सकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पर्यटन क्षेत्रमा नयाँ गन्तव्य निर्माण भएको विचार व्यक्त गरे । चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपल मेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको बताए ।

chandra_dhakal_withpmकार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसादढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुदै गएकोले निजी क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमताअनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरे ।

चन्द्रागिरि हिल्स संचालक हेमराज ढकालका अनुसार केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटरलम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटरसम्मको उचाईंमा गाडिएका यी टावरहरु एक अर्कामा ३.३६ देखि ९२६.२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१वटा यस्ता गोण्डला छन । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् ।

chandaragiri

संचालक अम्बिकाप्रसाद पौडेलका अनुसार चन्द्रागिरि डाँडाको धार्मिक र ऐतिहासिक महत्व छ । उनका अनुसार दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको र त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत् खण्डमा उल्लेख गरिएको छ ।

समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति रहेको उनले बताए ।

चन्द्रागिरि प्राचीनकालदेखिनै ऐतिहासिकरूपले महङ्खवपूर्ण स्थान हो । नेपालएकी करणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । पृथ्वीनारायण शाहआफ्नो ससुरालीमकवानपुरबाट आफ्नो राज्यगोरखाफर्कँदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ ।

संचालक मिनबहादुर गुरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउदै ठूलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताए । परियोजन निर्माण गर्दा अहिलेसम्म करिव ४ अर्ब रुपैयाँ खर्च भएको र होटल, मनोरञ्जनस्थल लगायत पूर्वाधार निर्माणको काम अझै जारी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.