बन्द रहेका उद्योगलाई २१ दिनभित्र स्पष्टिकरण बुझाउन मन्त्रालयको आग्रह

  २०७३ मंसिर २७ गते १८:०७     विकासन्युज

minstry_of_industryकाठमाडौं, २७ मंसिर । सरकारले विभिन्न कारणले बन्द भएका निजी क्षेत्रका उद्योग खोल्न सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले सूचना प्रकाशन गरी २१ दिनभित्र मुलुकभर बन्द भएका त्यस्ता उद्योगको विवरण लिने जनाएको छ । बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री नवीन्द्रराज जोशीले पुनः खुल्ने सम्भावना रहेका बन्द उद्योगलाई सरकारका तर्फबाट भौतिक, पूर्वाधार र नीतिगत रुपमा सहयोग गरिने बताए । मुलुकभित्रै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको बताउँदै मन्त्री जोशीले भने, “बन्द उद्योग खोल्न उद्यमी, स्थानीय, श्रमिक र राजनीतिक दललाई आग्रह गर्छौ ।”

साना ठूला सबै उद्योग पुनःसञ्चालन गर्न जिल्ला र केन्द्रबाट आवेदन लिइने तथा आवेदनको अध्ययन र मूल्याङ्कनपछि खोल्न मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ ।

मन्त्रालयका अनुसार मुलुकभर निजी क्षेत्रका हजारौँ उद्योग बन्द अवस्थामा छन् । मन्त्रालयले पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटाँैडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । अर्काे चरणमा बन्द अवस्थाका वीरगन्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर पुनः सञ्चालन गर्ने तयारी पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.