एनसीसी र चार विकास बैंक मर्जर प्रक्रिया विवाद मन्त्रालयमा पुग्यो, उद्योग मन्त्रालयमा शुक्रबार भएको सहमति प्रयास विफल

  २०७३ मंसिर २५ गते १२:४४     विकासन्युज

shankar_koirala

शंकरप्रसाद कोइराला

काठमाडौं, २५ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक र चार वटा विकास बैंक मर्जरमा देखिएको झमेला सल्टाउन उद्योग मन्त्रालयले गरेको प्रयास पनि असफल भएको छ । विवाद सल्टाउने उदेश्यले सचिव कोइरालाले शुक्रबार मन्त्रालयमा मर्जको चार विकास बैंकका प्रतिनिधि, मर्जलाई सार्थक बनाउने प्रयासमा लागेको एनसीसी बैंकमा प्रतिनिधि तथा एनसीसी बैंकको पुनः डीडीएसहित विशेष साधारणसभा माग गर्ने एनबी समूहका प्रतिनिधि र कम्पनी रजिष्ट्रार कार्यालयका प्रतिनिधिलाई बोलाएर सहमतिको प्रयास गरेका थिए । तर उक्त छलफलमा कुनै सहमति हुन नसकेको एक सहभागीले बताए ।

‘मर्जका सम्बन्धमा गम्भिर विषयहरु सञ्चार माध्यममा पनि आएको र मन्त्रालयको नोटिसमा पनि आएकोले कम्पनी रजिष्ट्रारसहित दुबै पक्षलाई मन्त्रालयमा बोलाएर उनीहरुको कुरा सुनेका छौं’ उद्योग सचिव कोइरालाले विकासन्युजसँग भने–‘यो विषयमा निर्णय गर्ने निकाय कम्पनी रजिष्ट्रारको कार्यालय हो । कानुन अनुसार कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय लिन्छ ।’

एनसीसी बैंकका ३० प्रतिशत सेयरधनीले विशेष साधारणसभा माग गरेको र मर्जसँग सम्बन्धित विषयममा उत्पान्न विवाद काठमाडौं जिल्ला अदालतमा विचाराधिन भएको अवस्थामा एनसीसी बैंकमा अन्य चार विकास बैंकलाई मर्ज गराउने गरि सेयर लगत अध्यावधिक गर्ने निर्णय लिन नसकिएको रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले बताए ।

पढ्नुहाेस उनीसँगकाे अन्तरवार्ताः एनसीसी बैंकमा ३० प्रतिशत सेयरधनीले साधारणसभा मागेका छन्-रजिष्ट्रार 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.