सामसङ स्मार्ट फोन क्याफे न्यूरोडमा, २९ गतेसम्म मोवाईल किन्नेलाई ६ जीबी डाटा फ्रि

  २०७३ मंसिर २३ गते १८:१३     विकासन्युज

काठमाडौं, २३ मंसिर । आइएमएस स्मार्टले काठमाडौंको न्यू रोडमा पाको अवस्थित आफ्नो सामसङ स्मार्टफोन क्याफे फेरि सुरु गरेको छ । ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा सँगै कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरेका छन् ।
samsung_cafe
उक्त अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई उत्कृष्ट सेवा सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्ने कार्य कम्पनीले निरन्तर गर्ने बताए । शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले मंसिर २९ गतेसम्म पाको शोरुम मार्पmत हरेक सामसङ मोबाइल फोनको खरिदमा ६ जीबीको निःशुल्क डाटा कार्ड प्रदान गर्ने भएको छ भने अन्य स्टोरहरुबाट ३ जीबीको डाटा कार्ड प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.