चार कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?

  २०७३ मंसिर २३ गते १७:४३     विकासन्युज

agmकाठमाडौं, २३ मंसिर । बिहीबार मात्र चार वटा कम्पनीले वार्षिक साधारणसभाको घोषणा गरेका छन् । माछापुच्छ्रे बैंकको आगामी पुस २२ गते वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागी पुस १ गतेदेखि पुस २२ गते सम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर २१ गते बसेको बैंकको ३३२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि पुस १६ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीको आगामी मंसिर २९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज हुने छ । उक्त निर्णय मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

त्यसैगरि, स्वावलम्बन लघुवित्त विकास बैंकको पनि आगामी पुस ४ गतेदेखि २० गतेसम्म बुक क्लोज हुने छ । बैंकको आगामी पुस २० गते वार्षिक साधारणसभा हुने मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बताएको छ ।

साथै, सेवा विकास बैंक पनि आगामी पुस १५ गते साधारणसभा बस्दै छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.