आइएमईले सुरु गर्यो भारतबाट रेमिटेन्स ल्याउन, अक्सिजनसँग सहकार्य

  २०७३ मंसिर २२ गते १५:४१     विकासन्युज

काठमाडौं, २२ मंसिर । आइएमई लिमिटेडले भारतमा रेमिटेन्स सेवा आरम्भ गरेको छ । भारतीय रेमिटेन्स सेवा प्रदायक कम्पनी अक्सिजनसँगको सहकार्यमा आइएमईले भारतबाट रेमिटेन्स सेवा आरम्भ गरेको हो । अब भारतमा रहेका नेपाली कामदारले अक्सिजनका शाखा तथा सेन्टरहरुबाट नेपालमा रकम पठाउन सक्नेछन् ।

ime_oxigen

नेपालमा आइएमईले नेपालभर छरिएर रहेका आफ्ना शाखा तथा सेन्टरहरुबाट रकम भुक्तानी दिनेछ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएमई र अक्सिजनको नेतृत्वले भारतबाट नेपालमा रेमिटेन्स मार्फत रकम पठाउन सकिने सेवा आरम्भ गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अक्सिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमोद सक्सेना र कार्यकारी निर्देशक आशुतोष श्रीवास्तवको उपस्थिती थियो । आइमएईका तर्फबाट प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ग्लोबल आइएमई बैंकका सिनियर डेपुटी सिइओ जनक शर्मा पौडेलको सहभागीता रहेको थियो ।

कार्यक्रमा आइएमईका सिइओ सुमन पोखरेलले भारतमा रहेका नेपाली कामदारले अब आफ्नो आम्दानी सुरक्षित तवरले नेपाल पठाउन सक्ने बताए । यो सेवाले भारतबाट नेपाल भित्रिने रकमलाई बैधानिक बाटोबाट ल्याउन सहयोग पुग्ने पनि उनले बताएका थिए ।
|
त्यस्तै, अक्सिजनका अध्यक्ष प्रमोद सक्सेनाले पनि भारतमा रहेका ५० लाख नेपाली कामदारलाई घर दैलामा पुगेर रेमिटेन्स पठाउने सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । अक्सिजनलाई भारतमा रेमिटेन्सको कारोबार गर्ने ठुलो कम्पनी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.