पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमविविएस परीक्षा विवादमा, मन्त्रालयद्धारा छानविन समिति गठन

  २०७३ मंसिर १८ गते १९:२८     विकासन्युज

patan-health-science-academकाठमाडौं, १८ मंसिर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमविविएसको प्रवेश परिक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद सृजना भएपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

शुक्रबार गठन भएको समितिलाई पाँच दिन भित्र छानविन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको मन्त्रालयले जनाएको छ । प्रतिष्ठानले यही मंसिर १५ गते शैक्षिक सत्र २०७३/७४को एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको थियो ।

प्रवेश परिक्षाको नजितामा त्रुटि भएर विवाद सृजना भएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले छानविन समिति गठन गर्न लगाउनु भएको हो । समितिका संयोजक श्रेष्ठले आइतबार विहान समितिको बैठक बसी द्रतगतिमा छानविन अगाडी बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.