जगदम्बा सिमेन्टद्धारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि जानकारी

  २०७३ मंसिर १४ गते १२:३०     विकासन्युज

काठमाडौं, १४ मंसिर । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । जगदम्बा सिमेन्टले मंसिर १० गते शुक्रबार दोलखाको चरिकोटस्थित राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरुको सहभागिता रहेको थियो ।
jagadamba_cement_program

जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । कम्पनीले आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.