इमर्जिङ नेपालद्धारा स्टार्टअप फन्ड स्थापना, करोड भन्दा माथिका आयोजनालाई इक्वीटीमा लगानी गर्ने

  २०७३ मंसिर १० गते १५:००     विकासन्युज

काठमाडौं, १० मंसिर । इमर्जिङ नेपालले स्टार्ट अप फन्ड  प्रारम्भ गरेको छ । फन्डले उद्यमी व्यवासयीहरुलाई आफ्नो परियोजना सञ्चालन गर्न उनीहरुको आर्थिक संवृद्धि हासिल गर्न सहयोग पुर्याउने छ । इमर्जिङ नेपालले स्थापना गरेको स्टार्ट अफ फन्डले १ करोड रुपैयाँभन्दा माथिका परियोजनामा इक्युटीमा लगानी गर्नेछ । त्यसका लागि कम्पनीले पुस १४ गतेसम्म आवेदन गर्न आह्वान गरिसकेको छ ।

 

emerging-nepal

नेपालमा दर्ता भएका शिक्षा, स्वास्थ्य जस्ता क्रियटिभ इनोभेसनका परियोजनाहरुमा लगानी गर्ने संघ संस्थाहरुले यसमा निवेदन दिन सक्नेछन् । इक्वीटीमा लगानी गर्न लागेको नेपालमा यो पहिलो अभ्यास हो । विदेशमा भने यस्ता कार्यहरु प्रसस्त भएका छन् । यस कम्पनीले इक्वीटीको नाममा पुँजी प्रबाह गर्न पहिलो चरणमा उद्यमीसँग कन्सेप्ट पेपर माग गर्ने र दोस्रो चरणमा छनौटमा परेका परियोजनाको विस्तृत विजनेस प्रपोजल तयार गरी लगानी गर्ने छ । सवै परियोजनाको मुल्यांकन छनौट कम्पनीबाटै हुने पनि कमपनीका अध्यक्ष तथा पूर्व सचिव लालमणी जोशीले जानकारी दिए ।

कम्पनीका प्रमूख कार्यकारी अधिकृत डा.विनोद आत्रेयले यस कम्पनीले विकास पुर्वाधारमा लगानी गर्ने, सरकारलाई परामर्स सेवा उपलव्ध गराउने, राष्ट्रलाई वित्तिय, स्वास्थ्य, पर्यटन हबको रुपमा विकसित गर्न पहल गर्ने जस्ता कार्यहरु गर्ने डा. आत्रेयले जानकारी दिए । पुर्वाधारको विकासको रुपमा जलस्रोत पर्यटन तथा बैकिङ क्षेत्रमा लगानी बढाउने लगायत विभिन्न आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने जस्ता उदेश्यहरु लिएर इमजिङ नेपालको स्थापना भएको पनि डा. आत्रेयले जानकारी दिए ।

संस्थाले उदेश्यहरु पुर्ति गर्न हाल केयर रेटिङ नेपाल लिमिटेड स्थापना गर्नको लागि आवश्यक कार्य सुरु गरिसकेको पनि आत्रेयले बताए । उनका अनुसार संस्थाले सर्वाजनिक निजी साझेदारीमा स्थापना हुने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक सम्बन्धी कार्य पनि सुरु गरिसकेको छ ।

इमजिङ नेपाल इक्वीटीबेस संस्था हो । यसको चुक्ता पुँजी २५ करोड रहेको छ । शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीको पुँजी २५ करोड बनाएको हो । कम्पनीको अधिकृत पुँजी पाँच अर्व रुपैयाँ रहेको छ ।

यस कम्पनीमा सरकारको ०.५ प्रतिशतमात्र लगानी रहेको छ । आइएमई ग्रुप, विशाल ग्रुप, एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा १० प्रतिशत भन्दा माथि कसैको पनि लगानी रहेको छैन । २०७२ भदौमा स्थापना भएको यस कम्पनीले यसैपालिदेखि काम सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.