लाभा मोबाइलको एक्सक्लुसिभ सोरुम न्युरोडमा, मोबाइलको १० वटा मोडल नेपाली बजारमा

  २०७३ मंसिर ९ गते १८:०९     विकासन्युज

काठमाडौं, ९ मंसिर । चिनिया मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
lava_in_newroad

लाभा मोबाइल दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमा समेत कारोबार भइरहेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइले १० वटा मोडल बजारमा ल्याएको छ । ६ बर्ष देखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर ६ वटा आफ्नै र थर्डपार्टी मार्फत १६ वटा सोरुम संचालनमा ल्याइसकेको छ । सस्तो मुल्यमा उत्कृष्ट फिचर उपलब्ध गराइरहेको लाभा मोबाइलले सबै बर्गका ग्राहकहरुको माया पाउने बिश्वास लिएको छ ।

कार्यक्रममा अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले अघिल्लो बर्षको तुलनामा लामा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आउने बर्षमा अझ बढ्ने बताए । न्युरोडको पाकोमा संचालनमा आएको सोरुम मार्फत मोबाइल पारखीलाई टच एण्ड फिलको सुबिधा सहित कारोबार पनि गर्ने छ । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सिटीसी मलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.