‘कम्पोजिट’ सिलिण्डर प्रयाेग विवादमा, उपभाेक्ताले पाँच गुणा बढी मूल्य तिर्नु पर्ने

  २०७३ मंसिर ९ गते १८:३७     विकासन्युज

काठमाडौं,९ मंसिर । नेपाल आयल निगमले जोखिम न्युनिकरण गर्न भन्दै खाना पकाउने फलामे ग्यास सिलिन्डरको साटो ‘कम्पोजिट’ सिलिण्डर भित्र्याउने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । भारतबाट ल्याउन खोजिएका त्यस्ता कम्पोजिट सिलिण्डर स्वयम् भारत मै भने प्रयोग गरिएको छैन ।

भारतमा प्रयोग नभएको कम्पोजिट सिलिण्डर नेपालमा किन ल्याउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ । यो सवालमा नेपाल आयल निगम, ग्याँस उद्योगी र ग्याँस विक्रेताको मत बाझिएको छ ।

composite-cylinder
भारत, युरोप तथा रसियामासमेत उत्पादन भएर प्रयोग नभइरहेको कम्पोजिट सिलिण्डर नेपालमा के कति कारणले ल्याउन खोजिएको हो आफुले बुझ्न नसकेको ग्याँस उद्योगी संघका अध्यक्ष शिव घिमिरेले बताए । उनका अनुसार भारतमा निर्माण गरिएको यी सिलिण्डर भारतमै प्रयोगमा आउन सकेको छैन भने मोदी सरकाले ५ करोड फलामे सिलिण्डर जनतालाई बाँड्ने तयारी गरिरहेको छ । र मूल्यका हिसावले पनि कम्पोजिट सिलिण्डर हाल प्रयोग भइरहेको फलामे सिलिण्डर भन्दा चार गुणाले महँगो छ ।

उता निगमले भने फलामे सिलिन्डरको सट्टा प्रयोगमा ल्याउन लागिएको आधुनिक प्रविधिको ‘कम्पोजिट’ सिलिन्डर आगलागी भएपनि नपड्कने दावी गरेको छ । अत्याधुनिक प्रविधिबाट फाइवरद्वारा निर्माण गरिएको कारण आम उपभोक्ताले सुरक्षित बातावरणको महसुस गर्न सक्ने कम्पोजिट सिलिण्डर गुणस्तर, भरपर्दो र जहाँ गएपनि सजिलै बोकेर हिड्न मिल्ने भएकाले प्रयोगमा ल्याउन लागिएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए । उनले भने–‘निगमले कम्पोजिट सिलिण्डको आयातमा जोड दिएपनि व्यवसायीले अनिवार्य आयात गर्नुपर्छ भन्ने छैन । यदी उपभोक्ताले प्रयोग गर्न चाहेमा उद्योगी व्यापारीले अयात एवं बिक्री वितरण गर्न सक्नेछन् ।’

ग्याँस विक्रेता महासंघले भने तत्काल कम्पोजिट सिलिण्डर आयातमा अनिवार्य नगरेपनि दीर्घकालिन रुपमा निगमले वाध्यात्मक ब्यवस्था गर्नसक्ने जनाएको छ । निगमले कम्पोजिट सिलिण्डर प्रयोगले जोखिम न्युनिकरणको आधार मानेपनि उपभोक्ताको हितामा नभएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । उनले भने– अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन्, ति सवैको मूल्य राज्यले फिर्ता गर्नसक्छ भने मात्र कम्पोजिट सिलिण्डर आयात गर्न दिनुपर्छ ।

निगमले ५ किलो तौल भएको कम्पोजिट सिलिन्डरमा उपभोक्ताको ध्यान तान्न र ग्यास प्रयोग गर्दा सुरक्षित महसुस गराउने भनेपनि नेपाली उपभोक्ताको लागि निकै महँगो पर्न जाने निश्चित भएको उपभोक्ता अधिकारकर्मीले जनाएका छन् । प्रयाेगमा रहेका सिलिण्डर  फिर्ता गराउने  विषयमा पनि निगम माैन बसेकाेमा उपभाेक्ताबादीहरू निगमकाे निर्णयप्रति सशंकित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.