५६ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, एनबी इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ मंसिर ९ गते १४:११     विकासन्युज

listing_shareकाठमाडौं, ९ मंसिर । बिहीबार मात्र करिब ५६ लाख ७६ हजार ४०१ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५६७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५७० दशमलब ५३ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यी दुबै बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

त्यसैगरि रिलायन्स डेभलपमेन्ट बैंकको ७ लाख ५ हजार ७१४ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको २ लाख ८८ हजार ९ सय कित्ता र भक्तपूर फाइनान्सले २ लाख ४२ हजार ६५० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । यस तिनवटै कम्पनीको पनि प्रवद्र्धक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत भएको नेप्सेले जनाएको छ ।

त्यस्तै विहीबार नै एनबी इन्स्योरेन्स कम्पनीको १२ लाख कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीले यसै साल निष्काशन गरेकाे हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.