एनआईबिएल म्युचुअल फण्डमा आवेदन खुल्यो, ५ करोड १० लाख इकाईको सार्वजनिक विक्री खुला

  २०७३ मंसिर ९ गते ९:५४     विकासन्युज

काठमाडौं ९, मंसिर । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगतको एनआईबिएल प्रगति फण्डले प्रति इकाई १० रुपैयाँ दरको ६० लाख कित्ताको प्रस्ताव आव्हान गरेको छ ।
nibl_capital
यो कम्पनीले ६० लाख कित्ता इकाईको न्युनतम १ सय इकाईका लागि आवेदन दिन पाइने उल्लेख छ । यही मंसिर १६ गतेबाट खुला हुने आवेदन छिटोमा मंसिर २० मा र ढिलोमा मंसिर ३० गतेसम्मको समय रहेको छ ।

प्रति इकाई मूल्य १० रुपैयाँ दरको ६ करोड इकाईमध्ये बीज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल क्यापिटल मार्केटले राख्ने छ भने अर्को ८० लाख कोष कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकको लागि सुरक्षित गरिएको छ ।

बाँकी ५ करोड १० लाख इकाई भने सार्वजनिक रूपमा विक्री खुला गरिएको उल्लेख छ । यो फण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो । यसको म्युचुअल फण्डको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.