अन्ततः बढेरै बन्द भयो बजार, कारोबार रकममा भने गिरावट

  २०७३ मंसिर ६ गते १३:२५     विकासन्युज

काठमाडौैं, ६ मंसिर । सोमबार सेयर बजार अत्यन्तै अस्थिर भएको छ । कारोबारको सुरुमा एक अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) साढे १२ बजेसम्ममा २७ अंकले ओरालो लाग्यो । त्यसपछि फेरी बढ्न सुरु गरेको नेप्से ४२ अंकसम्म उकालो लागेको थियो ।stock_market1 कारोबार सुरु भएको अढाइ घण्टामा नै नेप्से फेरी ओरालो लाग्न सुरु गर्यो र ३० अंकसम्म ओर्लियो ।

दुई बजेपछि बढ्न सुरु गरेको नेप्से कारोबार बन्द हुदा सम्ममा ६.६७ अंकले बढेर १६०६.२९ अंकमा अडिएको छ । आइतबार बजार १५९९ अंकमा अडिएको थियो ।

“बजारमा यस्तो उतारचढाव आएर बढेरै बन्द हुनु भनेको सामान्य करेक्सन मात्र होे भन्छन्—” सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल । ठूलो दुर्घटना हुने अवस्थामा मात्र बजार घट्दो क्रममा जाने बताउँदै उनले भने —“दुईदिन मात्र घटेको बजार स्टेवल हुनु त थियो नै र भयो पनि ।”

नेपाल इन्भेटर्स फोरमा अध्यक्ष आत्मराम घिमिरेका अनुसार लगानीकर्ताको खस्कदो मनोवलका कारण सोमबार बजारमा उतार चढाव आएको हो । उनले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।
यसदिन बैकिङ समूह पनि ७.६४ अंकले बढेको छ भने होटल २२.४१ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ १.१२ अंकले, फाइनान्स १२.१७ अंकले र अन्य समूह २०.२५ अंकले बढेको छ । त्यस्तै विकास बैंक १३.६४ अंकले, जलविद्युत ०.६५ अंकले र विमा १०.७३ अंकले घटेको छ ।
सोमबार सवैभन्दा बढी एभरेष्ट बैंकको नै कारोबार भएको छ । सो बैंकले सोमबार पनि १२ करोड ८० लाख बराबरको कारोबार गरेको छ । त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स ५ करोड ४७ लाख, बैंक अफ काठमाडौ लुम्बिनी ४ करोड ४० लाख, प्रुडेन्सियल इन्सुरेन्स ३ करोड ९१ लाख र स्टयान्डर्ड चार्टड बैंकको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार सवैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स,साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै धेरै गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, राष्ट्रिय विमा कम्पनी, सेती फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । दिनभर १२७ कम्पनीको ९२ करोड ८७ लाख बराबरको सेयर किनवेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.