५८ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताको मनोबल गिर्नु मुख्य कारण

  २०७३ मंसिर ५ गते १५:२७     विकासन्युज

nepseकाठमाडौं, ५ मंसिर । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । विहीबार नेप्से परिसूचिक ४० अंकले घटेर १६५८ हुँदा कारोबार बन्द भएको थियो । आईतबार साढे १ बजे नेप्से परिसूचिक करिव ८० अंकले घटेर १५७८ भएपछि नेपाल धितोपत्र विनिमय बजार कम्पनी (नेप्से)ले आधा घण्टाको लागि कारोबार बन्द गरेको थियो ।

सेयर बजारमा एकै दिन ५ प्रतिशतले घटी वा बढी भएपछि आधा घण्टा कारोबार रोकेर खुला गर्ने अभ्यास नेप्सेले गर्दै आएको छ ।
करिव २ बजे दोस्रो पटक कारोबार खुला भएपछि बजारमा केही वृद्धि देखिएको थियो । बीचमा १६३० अंकमा पुगेको नेप्से कारोबार बन्द हुँदा १५९९ अंकमा झरेको छ ।

आईतबार बीमा समूहको परिसूचक ४०० अंकले घटेको छ भने जलविद्युत समूहको ८६ अंकले घटेको छ । बैकिङ समूहको परिसूचक ५९ अंकले घटेको छ । बजारमा सबै परिसूचकमा गिरावट देखिएको छ ।

आइतबार हिमालय बैंकका सेयरधनीले सबैभन्दा बढी ८.११ प्रतिशत गुमाएका छन् । झण्डै तीन दर्जन कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सम्मति गुमाएका छन् । ८ वटा कम्पनीका सेयरधनीले भने आइतबार पनि नाफा गरेका छन् ।

बैंकको व्याजदर वृद्धि र आपूर्ति चापले सेयरको मूल्य केही घट्न सक्ने अनूमान हुदै आएको छ । तर लगातार उच्च दरको गिरावट हुनुको कारण भने लगानीकर्ताको मनोवल कमजोर हुनु मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.