लगानी उठाईसकेका र मूल्य बढ्ने आशमा बसेका लगानीकर्ताहरुको लागि सेयर बेच्ने समय हो-प्रविणरमण पराजुली

  २०७३ मंसिर ५ गते १०:३२     विकासन्युज

प्रविणरमण पराजुली पुँजी बजारमा एकदमै परिचित नाम हो । निरन्तर करिव दुई दशकसम्म पुँजी बजारमा काम गरेको अनुभव छ उहाँसँग । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्ष समेत रहनु भएका पराजुली नविल इन्भेष्टमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुुुन्छ । पुँजी बजारको बारेमा अध्ययन सँगै लगानी सम्बन्धि निर्णय गर्ने जिम्मेवारीमा बस्नु भएका पराजुलीले सेयर बजारका बारेमा कस्तो विश्लेषण गर्नु भएको छ ? अब सेयर बजार निरन्तर ओरालो लाग्ने हो वा बढ्छ ? प्रस्तुत छ पराजुलीसँग गरिएको विकास वहस ।prabinraman

दशैंअघि नेप्सेपरिसूचक १९००को नजिक थियो । विहीबार १६५८मा झर्यो । किन यसरी सेयर बजार घटेको हो ?

मैले पहिलेदेखि नै केहि कुरा भन्दै आएको कि सेयर बजार तरलताको भूमिका निकै महत्वपूर्ण छ । मार्केट फ्याक्टर र तरलतालाई तुलनात्मक रुपमा हेरिनुपर्छ । तरलता खुकुलो हुँदा बजारलाई सर्पोट गर्छ, तरलता टाइट हुँदा बजारमा नेगेटिभ असर पर्छ । यतिबेला वित्तीय बजारमा तरलता अभाव हुँदा सेयर बजारमा अलि ठूलो असर गर्दै आएको हो । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउन थालेपछि सेयर बजार घट्न थालेको हो । बाणिज्य बैंकले नै पनि ८ प्रतिशत ब्याज दिन थालेका छन् । छोटो अवधीको योजना मार्फत ब्याज दर अघि सारेको देखिन्छ । ३ महिना वा १२० दिनको निक्षेप योजना ल्याइएको छ । यसको अर्थ भनेको तरलता लामो समयसम्म चल्दैन भन्ने पूर्वानुमान नै हो ।

दोस्रो बजार केही तल जाने वित्तीकै बजार होल्ड गर्न नसक्नेहरुले धमाधम बेच्न थाल्छन् । बिक्री प्रसेर बढको छ । तेस्रो कारण भनेको बजारमा हकप्रद सेयरको बहार आएको छ । धेरै जसो बैंक तथा वित्तिय संस्थाले हकप्रद सेयर दिएका छन् । बोनस सेयर पनि आईरहेको छ । पुरानो लगानीको प्रतिफल पनि क्यास आएको छैन, बोनस सेयर नै आइरहेको छ । बैंक, विकास बैंक, फाइनान्स कम्पनी वा इन्स्योरेन्स कम्पनीकै सबैले नाफा सबै बोनस सेयरमार्फत पुँजीकरण गरिरहेका छ । यसले बजारमा सेयरको सप्लाई बढेको देखिन्छ । हकप्रद सेयरका लागि ठूलो रकम गैरहेको छ । पैसा हुनेले यतै लगानी गरिरहेका छन् । कतिले आफूसँग भएको केही सेयर बेचेर हकप्रद सेयर किनीरहेका छन् । क्यापिटल प्लान अनुसार बैक तथा वित्तीय संस्थाको हकप्रद सेयर ठूलै साइजमा आईरहेका छन् ।

निकट भविष्यमा सेयर बजार कस्तो रहला ?

अबको एक डेढ बर्षसम्म सेलिङ प्रेसर बढ्छ नै भन्ने लाग्छ । पुँजी वृद्धिको योजनाले अझै एक ढेड बर्षसम्म हकप्रद र बोनस सेयर आइरहन्छ । यसले बजारमा सेलिङ प्रेसर बढाउँछ । बोनस पाउनु भनेको सप्लाई बढ्नु पनि हो ।

अर्काे भनेको तरलताको अवस्था कस्तो हुन्छ भन्ने हो । यति पुनर्निर्माणको कामले तिब्र गति लियो भने तरलताको अभाव पनि समाप्त हुन सक्छ । यस्तो अवस्थामा बजार उकालो चढ्न पनि सक्छ । तर पुनर्निर्माणले गति लिन सकेन, पुस मसान्त आउँदै छ, करको माध्यमबाट सरकारी खातामा पैसा थप पैसा जम्मा हुन गया भने बजारमा तरलताको समस्या झन बढ्न सक्छ । त्यो अवस्थामा बजार ओरालो लाग्न पनि समय लाग्दैन ।

prabin_ceo

बैंकहरुले हप्तैपिच्त व्याजदर बढाएर ऋणीलाई एसएमएस गर्न थाले, त्यसले पनि ऋण लिएर सेयरमा लगानी गर्नेहरु धमाधम बेच्न थाले भनिन्छ नि ?
मलाई त त्यस्तो लाग्दैन् । पहिला ८ प्रतिशतमा कर्जा लिनेलाई अहिले ९ प्रतिशत त पक्क भयो होला । उनीहरुले निक्षेपमा व्याजदर निकै बढाईसके । तर हप्तैपिच्छे व्याजदर बढाउने काम भएको मेरो जानकारीमा छैन ।  तर बाणिज्य बैंकहरुले ८ प्रतिशत वा सोभन्दा बढी व्याज निक्षेपकर्तालाई दिन थालेपछि सेयर बजारका केही लगानीकर्ताले सेयर बेचेर बैंकमा जम्मा गर्न थाल्छन् । यो स्वाभाविक प्रक्रिया हो । बैंकको डिपोजिट रेट बढेसँगै सेयर बजारमा असर गर्छ नै ।

पहिलो त्रैमासिकको वित्तीय विवरणले बैंक तथा फाइनान्स, इन्स्योरेन्स कम्पनीहरुको प्रगति राम्रो छ तर यसको सकारात्मक असर बजारमा किन परेन ?

आइसोलेसनमा हेरियो भने ४० देखि ५० प्रतिशतसम्म ग्रोथ देखिन्छ । पुँजी कति बढ्यो भनेर पनि हेर्नु पर्यो नि । छोटो समयमै ठूलो मात्रामा पुँजी बढेको छ । रिटर्न इन इक्विटीमा हेर्ने हो भने ग्रोथ साह्रै थोरै देखिन्छ । पुँजी वृद्धिको आधारमा ग्रोथ साह्रै कम हो । दुई बर्षमा जति पुँजी वृद्धि हुन्छ त्यति ग्रोथ प्राप्त गर्न सकिन्न भन्ने कुरा पक्का थियो र छ पनि ।

नेप्से परिसूचक कति विन्दुमा पुग्ला त ?

ठ्याक्कै कतिमा पुग्छ भन्न सक्ने अवस्था छैन । अहिले नै पनि हामीले सोचे भन्दा केही तल बजार गैसकेको छ ।

सामान्यतय बोनस सेयर घोषणाले सेयरको मूल्य बढाउँथ्यो । तर एभरेष्ट बैंकले ७० प्रतिशत बोनस घोषणा गर्दा पनि मूल्य किन घट्यो ?

यो सिद्धान्त र हाम्रो अभ्यास भन्दा फरक घट्ना हो । यसको कारण सेलिङ प्रेसर नै हो । कस्तो संस्थाले किन सेलिङ प्रेसर गरे भन्ने कुरा हो । वास्तवमा यतिबेला किन्ने अवस्थामा बजार हुनुपर्ने एभरेष्ट बैंकको सेयर ।

गत विहीबार नेप्से ४० अंकले घट्यो, त्यो दिने तपाईको कम्पनीले सेयर बेच्यो कि किन्यो ?

हामी बिहीबार कुनै पनि सेयर बेचेनौं । बजारको सेन्टिमेन्टलाई ध्यान दिएर किनेकै थियौं । हामीले बेच्दा बजारमा नकारात्मक सन्देश जाने अवस्था थियोे ।

संस्थागत लगानी कर्ताको अहिलेको सेन्टिमेन्ट के हो ?

हामी अहिले बेचिरहेका छैनौं । हाम्रो खुट्टा दुई वटा डुंगामा छ । मंसिर, पुसको समयसम्म बजारमा एक खाले स्थिरता हुनुपर्छ ।

सामान्य लगानीकर्ताका लागि के सुझाव दिनुहुन्छ ? कस्ता लगानी कर्ताले अहिले लगानी गर्ने हो ?
prabin_raman
केहि समय अघि नै बजारमा प्रवेश गरेका लगानी कर्ताले अहिले बेच्ने समय हो । आफ्नो लगानी उठाईसकेका र मूल्य बढ्ने आशमा बसेका लगानीकर्ताहरुले अहिले बेचे हुन्छ । नयाँ लगानी कर्ता आउने हो भने तरलता, ब्याजदर र बजारको राम्रो अध्ययन गरेर लगानी गर्नु ठिक हुन्छ । बजार अझै केहि ओरालो लाग्ने अवस्था छ भने भोली नयाँ लगानीकर्ता डुब्ने अवस्था नबनोस् । त्यसैले केहि समय पर्खेर किन्दा राम्रो होला ।

सामान्य लगानीकर्ताले कुन कम्पनीको सेयर किन्न सुझाव दिनुहुन्छ ?

यस्तो कुरा मैले भन्न मिल्दैन् । तर सेयर किन्नु भन्दा पहिले केहि कुरा बुझ्नु आवश्यक हुन्छ । रेगुलर रिटर्न दिईरहेको, बजार तलमाथि हुँदा पनि मूल्य खासै घटबढ नहुने इतिहास भएको कम्पनीको सेयर किन्नुपर्छ । केहि टेक्निकल एनालाइसिस गरिनु आवश्यक पर्छ । कम्पनीको विगतको राम्रो अध्ययन गर्नुपर्छ ।

बैंक, इन्स्योरेन्स, होटल, उर्जा वा अन्य कुन क्षेत्रमा लगानी गर्दा ठिक होला ?

इन्स्योरेन्सको मुल्य बढी छ । नन लाइफ इन्स्योरेन्सको मूल्य अलि ठिकै छ । बाणिज्य बैंकको सेयर मूल्य पनि राम्रै छ ।

नेप्से ७/८ सयमा झर्ला वा फेरी उकालो चढ्ला ?

हामीलाई बजार त्यसरी घट्छ भन्ने लागेको छैन । बजार केही परिपक्क हुँदै गैरहेको छ । संस्थागत लगानीकर्ता पनि आईरहेका छन् । हामी पनि एक अर्ब २५ करोडको नयाँ स्किम ल्याउँदैछौं । अरु केही संस्था पनि तयारी अवस्थामा छन् । तीन अर्बको लगानी पाइपलाइनमा छ । यसले पनि बजारमा केहि सकारात्मक सन्देश दिन्छ । बजार त्यसरी घट्दैन् ।

बजार ओरालो लागि रह्यो भने संस्थागत लगानीकर्ताले कति दिन बजार थेग्लान ?

संस्थागत लगानी कर्ताले ८ देखि १० अर्ब लगानी गरिहरेका छन् । दैनिक एक अर्बको कारोबार हुँदा एक हप्ताको बजार थेग्ने हो । फेरी एकै दिन सबै किन्ने वा बेच्ने भन्ने पनि हुन्न । संस्थागत लगानीकर्ताको रकम भनेको त्यति ठूलो आकारको कारोबार पनि होइन । यद्यपी संस्थागत लगानी कर्ताको होल्डिङ क्यापसिटी अलि बढि नै हुन्छ । र, हामीले केहि टेक्निकल एनालाइसिस गरेर मात्रै लगानी गर्छाै । हामीले बजारमा सेन्टिमेन्ट क्रियट गर्ने हो । हामीले बिना आधार र तर्क सेयर बेच्दैनौं । सबै संस्थागत लगानीकर्ताले एकै दिन सेयर किनेको र बेचेको अवस्था पनि छैन् ।

यतिबेला संस्थागत लगानी कर्ताले सेयर बेचिरहेका छन, किनेका छैनन भन्ने बजार हल्ला छ, वास्तविकता के हो ?

त्यस्तो हुँदैन । निरन्तर किन्ने वा निरन्तर सबै बेच्ने भन्ने हुँदैन । किनबेच निरन्तर हुन्छ । बजार बजार भनेर मात्रै हुन्न हामीले । बजारलाई पनि स्थायी बनाउने र रिटर्न पनि दिने गरि कारोबार गर्नुपर्छ । संस्थागत लागनीकर्ता आएपछि नै बजार परिपक्क बन्दै गएको छ । हामीले आफ्नो जिम्मेवारी अनुसार काम गर्न अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.