सिभिल बैंकको नाफा एक करोड ४५ लाख, खराव कर्जा ४ प्रतिशत भन्दा माथि

  २०७३ मंसिर २ गते ११:४९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ऋणको व्याज र किस्ताको लागि ३२ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जा विस्तार गरेर मात्र २२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकको खराव कर्जा ४ दशमलव १३ प्रतिशत पुगेको छ ।civil_bank
गत वर्ष यहीअवधिमा बैंकको खराव कर्जा २ दशमलव ५४ प्रतिशत रहेको थियो । आइएलएफसीओ फाइनान्सलाई मर्ज गरेपछि बैंकको चुक्तापुँजी भने ३ अर्व ८ करोड रुपैयाँ पुगेको छ । बैकको प्रतिसेयर आम्दानी साढे एक रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७ दशमलव ४५ रहेको छ । बैंकले गत वर्षमा ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.