राष्ट्रपति भण्डारी सपरिवार चन्द्रागिरीमा, पूजा र अवलोकनमा बिताए साढे चार घण्टा, मंसिरमा उद्घाटन हुने

  २०७३ कार्तिक २६ गते १६:१९     विकासन्युज

काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी ज्याईसहित सहपरिवार चन्द्रगिरीको अवलोकन गरेकी छिन् । चन्द्रगिरीमा नबनिर्मित भलेश्वर महादेवको पूजा गर्न शुक्रबार साढे ८ बजे पुगेका राष्ट्रपति भण्डारीको परिवारले त्यहाँ साढे चार घण्टा बिताएका थिए ।
biddadevi_bhandari
‘उहाँको अनौपचारिक भ्रमण हो । मन्दिरमा पूजा गर्नु भयो । ठाउँ रमाईलो भएकोले वरिपरि दृष्याबलोकन गर्नु भयो’ सम्बद्ध स्रोतले भन्यो । राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चन्द्रागिरीका प्रवद्र्धकहरु चन्द्रप्रसाद ढकाल, अम्बिकाप्रसाद पौडेल, मिनबहादुर श्रेष्ठ लगायतले भण्डारीलाई चन्द्रागिरी केबलकार परियोजनाको वर्तमान अवस्था र भावी योजनाबारे जानकारी गराएका छन् ।

‘ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्नु भयो’ कम्पनीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

त्यस क्षेत्रको रमणीय वातावरण र चन्द्रगिरी हिल्सले पूर्वाधार निर्माणमा गरेको कार्यबाट राष्ट्रपति निकै खुशी हुनु भएको सम्बद्ध स्रोतले बतायो । आयोजनाको औपचारिक उद्घाटन मंसिरमा गर्ने तयारी भइरहेको तर मिति तय नभएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.