प्राविधिक निरीक्षण कार्यविधि तयार, कार्यविधि अनुसार घर नबने अनुदान नपाईने ( पढ्नुहोस कार्यविधिको पूर्ण पाठ)

  २०७३ कार्तिक २६ गते १३:५०     विकासन्युज

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ । भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्नु पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिश गरिएको प्राविधिक ढाँचा, स्तर, सोको डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो ।

यस्तै पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रकृया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ । कार्यविधिमा निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत बन्ने घरहरुको निर्माण निरीक्षण प्रक्रिया उल्लेख गरिएको छ । जसमा नक्शा पास प्रक्रिया, प्लिन्थ तहसम्मको निर्माण कार्यको निरीक्षण प्रक्रिया, प्लिन्थ तह भन्दा माथिको निर्माण कार्यको निरीक्षण प्रक्रिया समावेश गरिएको छ ।

यस्तै घर पुनर्निर्माण कार्य सम्पन्नताको निरीक्षण प्रक्रिया, प्रबलीकरण÷मर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन प्रक्रिया, अनुदान सम्झौता अगावै पुनर्निर्माण भएका घरहरुको निरीक्षण प्रक्रिया लगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ । प्रक्रिया पुरा नगरी बढेका घरधनीले दोस्रो र अन्तिम किस्ता अनुदान नपाउने व्यवस्था सरकारले गरेको छ ।

निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि यस्ताे रहेकाे छ । पूर्ण पाठ पढ्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.