जगदम्बा सिमेन्टलाई २ वर्षसम्म लगातार एनएस क्वालिटी अवार्ड

  २०७३ कार्तिक २६ गते ११:५८     विकासन्युज

काठमाडौं, २५ कार्तिक । जगदम्बा सिमेन्टले लगातार दोस्रो वर्ष एनएस क्वालिटी अवार्ड पाएको छ । सन् २०१४ मा एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन अवार्ड पाएको यस कम्पनीले सन् २०१५ मा पनि एनएस क्वालिटी लेटर अफ एप्रिसिएशन पाएको छ । राजधानीमा विहीबार आयोजित कार्यक्रमा उद्योगमन्त्री नविन्द्रराज जोशीले उक्त अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ ।

jagadambaजगदम्बा सिमेन्टमा विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातीत क्लिङकर प्रयोग हुँदै आएको छ भने यसका उत्पादनहरु दक्ष प्राविधिकहरुबाट निरीक्षण र प्रमाणित गरे पश्चात मात्र बजारमा लगिने हुँदा गुणस्तरमा एक रुपता भएको र उपभोक्ताहरुले रुचाएको कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उत्पादनको बढ्दो माग तथा ग्राहकहरुको विश्वासलाई आत्मसात गर्दै कम्पनीले उत्पादनलाई समेत समयानुकुल परिस्कृत एवम् परिमार्जित गर्दै लगेको जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरुमा हालसम्म नेपाल गुणस्तरका चिन्हहरु ओपीसीमा नेपाल गुणस्तर ४९, पिपिसीमा नेपाल गुणस्तर ३८५ र पिएससीमा नेपाल गुणस्तर ३८४ सम्मान प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनी क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम अवार्ड आइएबओ १४००१ः२००४ लगायतबाट समेत सम्मानित भइसकेको छ । त्यसैगरी कम्पनीले व्यूरो अफ इन्डिया स्ट्याण्डर्डबाट आईएस ८११२ र पीएससीमा आईएस ४५५समेत प्राप्त गरिसकेको कम्पनीले विहीबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.